हुलाकी न्यूज जनकपुरधामः
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई ५० हजार नगद उपलब्ध गराउने घोषणा गरेका छन्।

मुख्यमन्त्री राहत कोषको रकमबाट तत्काल उक्त रकम उपलब्ध गराउने मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

मधेशका विभिन्न जिल्लामा आएको बाढीका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ। मंगलबार दुई जना र बुधबार विहान एक जनाको मृत्यु भएको हो।

प्रदेश २ को मन्त्रिपरिषद्बाट भने बाढी पहिराे पीडितका विषयमा ठाेस निर्णय भइसकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.