
हुलाकी न्यू काठमाडौंः नेपाली कांग्रेसका नेता एवं सांसद डा.अमरेश सिंहले संसद मै अनसन बस्ने चेतावनी दिएका छन्।
अनसनरत डा.गोविन्द केसी र गंगामाया अधिकारीको माग सरकारले सम्बोधन नगरे संसद मै अनसन बस्न सक्ने अवस्था आउन सक्ने डा.सिंहले बताए।
लोकतन्त्रका लागि बन्दुक बोकेर हिडेको पार्टी आज अटोक्रेटिक हुन खोजेको आरोप लगाउँदै डा.सिंहले भने,‘यो सरकार हिटलरको बाटोमा जाने कि स्टालिनको बाटोमा जाने?’
सरकारको नेतृत्व गरेको पार्टी नै अटोक्रेटिक हुँदा सोही पार्टीका नेताहरु पनि समस्यामा पर्नेप्रति डा.सिंहले सचेत गराए।
संविधान अनुसार सभामुख र उपसभामुख छुटाछुटै दलको हुनु पर्ने बताउँदै सिंहले सरकारमाथि नैतिक प्रश्न उठेको दाबी गरे।



