
हुलाकी न्यूज, काठमाडौंः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बाढी पहिरो पीडितहरुलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकषर्ण गराएको छ भने राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सांसदबाट सरकारलाई राहत तथा उद्धार कार्यमा जुट्न आग्रह गरेका छन्।
मधेशमा निरन्तर बाढी आइरहेकोले नियन्त्रण कार्य अगाडि बढाउन तथा उद्धारका संयन्त्रहरुलाई दुरुस्त राख्न राजपाले माग गरेको छ।
बाढी पहिरो पीडितहरुप्रति सरकार उदाशिन रहेको आरोप लगाएको राजपाले पीडितहरुका लागि पर्यपाप्त मात्रामा राहत उपलब्ध गराउन आग्रह गरेको छ।



