हुलाकी न्यूज, काठमाडौः
काठमाडौंको विभिन्न क्षेत्रमा साइकल तथा बाटो छेउमा व्यापार गर्ने मधेशीहरुलाई लखेट्ने कार्य जारी रहेको छ।

काठमाडौं महानगरपालिकाले साइकलमा व्यापार गर्ने तथा सडक पेटीमा पसल राख्ने २५ हजार मधेशीलाई लखेट्ने कार्य गरेको भन्दै संसदमा पनि आवाज उठेको थियो।

तर पनि काठमाडौं महानगरपालिकाले व्यापारीहरु सामाग्री जफत गर्ने तथा लखेट्ने कार्य जारी राखेको छ।

नेपाल सरकारको मुखपत्र समाचार संस्था राष्ट्रिय समाचार समिति(रासस)का अनुसार काठमाडौं महानगरपालिकाले जेठको पहिलो सातादेखि हालसम्म सडक पेटीमा पसल राख्ने करीब ५ सय ५० जनाको सामग्री जफत गरिसकेको छ। जफत गरिएका ती सबै सामग्री लिलाम प्रक्रिया लगिने छ।

कोटेश्वर, चावहिल, रत्नपार्क, कालीमाटी, बल्खु, स्वयम्भू, कलङ्कीलगायतका स्थानबाट ती सामग्री जफत गरिएको हो।
बिहान बेलुका राखिने यस्ता पसलले पैदलयात्रीलाई आवतजावत गर्न समस्या परेकाले कामपाले योे अभियान शुरु गरेको जनाएको छ। यसले निरन्तरता पाउने पनि कामपाले जनाएको छ ।

गत जेठको पहिलो साता कामपाले सडक छेउमा विभिन्न किसिमका सामग्री राखी बिक्री वितरण नगर्न सम्बन्धमा सूचना सार्वजनिक गरेको थियो। उक्त सूचनालाई व्यापारीले अटेर गरेपछि यस्तो अभियान शुरु गरेको कामपा नगर प्रहरी महाशाखाका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए।

गत जेठ ६ गतेदेखि थालनी गरेको सो अभियानअन्तर्गत २ सय ७८ जनालाई सामानसहित पक्राउ गरिएको थियो। तीमध्ये १ सय ७८ जनाको सामान दर्ता गरिएका छन्। बाँकी सय जनाले सामान दाबी गर्न नआएका कारण दर्ता गर्न सकिएको छैन्।

यसैगरी, अभियानका क्रममा करीब ७० जनाबाट तत्काल बिग्रिने, सड्ने, गल्ने सामान जफत गरिएकाले उनीहरुलाई कारवाही गरेर छोडिएको राससले जनाएको छ।

सामान जफत भएका र कारवाही भएकाहरुमा मधेशीसहित केही भारतीयहरु पनि रहेको कामपाले जनाएको छ।

यो पनि पढ्नुस्

संसदमा प्रश्नः किन हुँदैछ काठमाडौंबाट मधेशियालाई खेदाई?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.