हुलाकी न्यूज काठमाडौंः बाढीबाट प्रभावित हुँदै आएको मधेशका जिल्लाहरुको संयुक्त अनुगमन हुँदैछ।
भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लामा भारत र नेपालको संयुक्त टोलीले बुधबारबाट अनुगमन गर्दैछ।
मधेशको डुबान समस्या साधानका लागि भारत र नेपालले संयुक्त रुपमा कार्य गर्ने सहमति भए बमोजिम अनुगमन हुन लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको तल्लो सदन प्रतिनिधि सभालाई सम्बोधन गर्दै बुधबारबाट अनुगमन हुने जानकारी गराए।
त्यसैगरी प्रधानमन्त्री ओलीले पूर्वी मधेशको नदी नियन्त्रणका लागि चीनसँग पनि सम्झौता भएको जानकारी संसदलाई गराए।