
हुलाकी न्यूज, जनकपुरधाम । मधेश आन्दोलनका घाइतेहरुलाई प्रदेश नं. २ को सरकारले आर्थिक सहयोग उपलक्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्री परिषद्को बैठकले मधेश आन्दोलनको क्रममा घाइते भएकाहरुलाई प्रकृति हेरी सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बताएका छन् ।
त्यसैगरी मन्त्री परिषद्को बैठकले प्रदेशको प्रशासनिक संरचना सुधार गर्न समिति समेत गठन गरेको छ ।
मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा गठित उक्त समितिमा सबै मन्त्रालयका सचिवलाई पदेन सदस्य राखिएको छ ।
त्यस्तै बैठकले मुख्य न्यायधिवक्ताको कार्यालयबाट बाट प्राप्त कानूनी सहायता अधिकृतको नियुक्ति तथा सेवा सर्त सम्बन्धि निर्देशिका २०७५ लाई समेत स्कृति प्रदान गरेको छ ।
फोटो : आतिश मिश्रको फेसबुक वालबाट



