काठमाडौं : नाकाबन्दीका कारण हवाई इन्धन अभाव भए पछि चीनबाट काठमाडौं उडान भर्ने अर्को एयरलायन्स चाइना इष्ट्रनले पनि बिहीबारदेखि उडान रोकेको छ ।

विमानले चीनको कुनमिङबाट बोइङ्ग ७३७ मार्फत दैनिक दुइटा उडान गथ्र्यो । भुकम्पपछि उडान संख्या घटाएको चाइना इष्ट्रनले बिहीबार र शुक्रबार कुनै पनि उडान नभरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख देवआनन्द उपाध्यायले बताए ।

उनले उडान स्थगनको कारणबारे जानकारी एयरलायन्सले नदिएको बताए । तर चाइना इस्ट्रनका कर्मचारी सबिरमान सिंहले आगामी कात्तिक १२ गतेसम्मका लागि उडान स्थगित गरेको बताए । ‘ठ्याक्कै सूचना निकालीसकेका छैनौं तर अहिलेलाई कात्तिक १२ गतेसम्मका लागि उडान रोकेको खबर आएको छ,’ सिंहले भने ।

नेपालमा चीनका चारवटा विमान कम्पनी एयर चाइना, चाइना साउदर्न, चाइना इस्ट्रन र सिन्चुवान एयरले उडान भर्दै आएका छन् । यीमध्ये चाइना साउदनले इन्धन अभावको कारण देखाउँदै १३ गतेदेखि काठमाडौं ग्वानजाव उडान कटौती गरिसकेको छ ।
-कान्तिपुर दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.