हुलाकी न्यूज, राजविराज ।
करिब ६ दशकपछि सप्तरीको राजविराज विमानस्थलबाट उडान पुनः सुरु भएको छ ।

आजदेखि श्री एयरलायन्सले काठमाडौं–राजविराज उडान नियमितरुपमा सञ्चालनमा ल्याएको हो ।

शनिबार र मंगलबारबाहेक सातामा पाँच दिन नियमित एउटा उडान गर्ने एयरलाइन्सले जनाएको छ ।

श्री एयरलाइन्सले जनाएअनुसार उडानको पहिलो दिन काठमाडौंबाट ४६ जना यात्रु राजविराज आएका छन् भने राजविराजबाट २२ जना यात्रु काठमाडौं गएका छन् ।

राजविराजबाट जहाज उडान शुरु भएपछि सप्तरी, सिरहा, उदयपुर, सुनसरीको पश्चिमी क्षेत्रका जनतालाई काठमाडौं जान र आउन सहज भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.