हुलाकी न्यूज, काठमाडौं ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा पाँचदिने नेपाल भ्रमणको सिलसिलामा सोमबार आएका पाकिस्तान आर्म्ड फोर्सेसका अध्यक्ष जनरल जुबैर महमूद हयातले भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फिर्ता भएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रबन्ध रथी उपरथी गौरव तण्डुलले बिदाई गरेका छन् ।

नेपाल भ्रमणमा रहँदा अध्यक्ष जनरल हयातले राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारी, कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका साथै प्रधानसेनापति क्षत्रीसँग छुट्टा–छुट्टै भेटवार्ता गरेका थिए ।

सोहि क्रममा उनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण गर्नुको साथै ऐतिहासिक तथा पर्यटकीय स्थल सिन्धुलीगढी र पोखराको समेत भ्रमण गरेका थिए ।

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र पाकिस्तानी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध बृद्धि हुनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.