हुलाकी न्यूज, पेनाङ्गः
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) मलेशिया शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ।

शुक्रबार सम्पन्न प्रथम अधिवेशनबाट मंटू पालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो।
एनआरएमए मलेशिया शाखाको उपाध्यक्षमा शम्भु यादव, महासचिवमा पुनीत कुमार पासवान, सचिवमा नरेश साह, कोषाध्यक्षमा संजीव कुशवाहा तथा मिडिया कोर्डिनेटरमा हरिचन्द्र साह रहेका छन्।

त्यसैगरी कार्यकारी सदस्यहरुमा अर्जुन कुशवाहा, दीपक कुमार मंडल, उपेन्द्र साह, सुजीत कुमार साह, रंजीत मंडल, विजय यादव, सुरेंद्र मंडल, दुलारे मल्लाह, लक्ष्मी महतो, सिकेंदर यादव, बीरबल इसर, रामकृपाल मंडल, सुलोचन पासवान, जितेंद्र राम, संजय यादव, रामभरोस साह, श्याम नारायण इसर, संतोष यादव, उपेंद्र महतो, बिहारी मंडल, मनोज यादव, राजेंद्र राम, वीरेंद्र राय, ज्ञानेंद्र पंडित र राजेश कुमार राम रहेका छन्।

यसैगरी, प्रमुख सल्लाहकारमा एनआरएमए अंतर्राष्ट्रीय समिति सदस्य कपलेश्वर यादव र शम्भु प्रसाद मंडल रहेका छन्। अन्य सल्लाहकारहरुमा राजेंद्र प्रसाद दास, रंजीत कुमार यादव र विजय साह रहेका छन्।

नवगठित कार्यसमितिलाई एनआरएमए अंतर्राष्ट्रिय समितिका अध्यक्ष ई.बसन्त कुशवाहाले अडियो सन्देशमापÞर्mत शुभकामना दिएका छन्।

अध्यक्ष कुशवाहाले विश्वभरीका मधेशीहरुलाई जोड्ने अभियान अन्तर्गत मलेशियामा पनि एनआरएमए गठन भएर विस्तार भएको बताए। उनले मलेशियामा रहेका सम्पूर्ण मधेशीहरुलाई एनआरएमएमा सहभागी हुन समेत आग्रह गरे।

कुशवाहाले एनआरएमए विश्वभरी विस्तार भइरहेको र हजारौं मधेशीहरु जोडिएको बताउँदै यसले मधेशको हितमा काम गर्दै सशक्त संस्था बन्ने विश्वास व्यक्त गरे।

हालसम्म एनआरएमए ४० वटा देशमा सक्रिय छ। गैर नाफामुलक संस्था एनआरएमएले मधेशको पहिचान तथा विकासका लागि काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.