
हुलाकी न्यूज जनकपुरधामः मधेशका दलितहरु मध्ये आर्थिक रुपले विपन्न मुसहर जातीको विशेष भेला जनकपुरमा हुँदैछ।
असार ९ र १० गते हुने भेलामा नेपाल, भारत र बगंलादेशबाट करिब २ सय ५० जनाभन्दा बढी मुसहर अगुवाहरु सहभागी हुने आयोजकले जनाएको छ।
मुसहर जातीको यस्तो अन्तर्राष्ट्रिय स्तरको सेमिनार पहिलो पटक हुन लागेको आयोजकको दाबी रहेको छ।
मुसहर समुदायको अगुवाहरुको दक्षिण एसिया स्तरीय सेमिनार समाजिक संस्था भोरको नेतृत्व र नेपाल राष्ट्रिय मुसहर संघ तथा राष्ट्रिय मुसहर भुंईया विकास परिषद, भारतको संयूक्त प्रयासमा आयोजना हुँदैछ।
नेपाल, भारत र वगंलादेश गरी लगभग १ करोडभन्दा बढी जनसंख्या रहेको मुसहर समुदाय पुस्तौदेखि गरीबी, अभाव, रोगभोक र शोसनको अवस्थामा रहँदै आएका छन्।
हिन्दु धर्मको जातीय छुवाछुत व्यवस्था अन्तरगत मुसहरहरु बढी मात्रामा पीडित हुँदै आएका छन्।
तस्बीर : अवधेश झा



