
हुलाकी न्यूज, काठमाडौंः बर्दियाकी कमलरी अस्मिता थारुको हत्या प्रकरणको विरोध संसददेखि सडकसम्म भएको छ।
बर्दियाको बाँसगढी नगरपालिका ४ अस्नेरीकी ११ वर्षीया कमलरी अस्मिताको जेठ २९ गते मालिकको घरमा हत्या भएको थियो।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा सांसद शान्ता चोधरीले उक्त घटनाको छानविनको माग गरिन्। चौधरीले उक्त घटनामा मालिक दुर्गा भण्डारीको परिवारले हत्या गरेको हुन सक्ने बताइन्।
चौधरीले कमलरी थारुको हातमा किल्ला ठोकिएको र जिउभरी डाम भएकोले हत्या हुन सक्ने आशंका व्यक्त गरिन्।
तर थारुले आत्महत्या गरेको दाबी भण्डारीले आएकी छिन्।
यता थारुको हत्याको विरोधमा नेपाल ल क्याम्पसका विद्यार्थीहरुले पनि प्रदर्शन गरेका छन्। शुक्रबार विहान क्याम्पस गेट हुँदै विभिन्न स्थानमा प्रदर्शन गरेका छन्।
घटनाको छानविन गरी दोषी उपर कारवाहीको माग विद्यार्थीहरुले गरेका छन्।
उक्ता मुक्त कमलरी विकास मञ्चले पनि विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएको छ।
थारुको हत्याको विरोधमा बाँके, बर्दिया, कैलाली र दाङ्ग जिल्लामा थारुहरुले केही दिनयता प्रदर्शन गर्दै आएको छ।



