हुलाकी न्यूज, जनकपुरधाम । एसोसिएसन अफ नेपाली तराइयन इन अमेरिका (एन्टा)ले यही असार १६ गतेदेखि जनकपुरधाममा मिथिला कला प्रदर्शनी गर्न लागेको छ ।

मिथिला कला/संस्कृतिलाई संसारभर चिनाउन र कलाकारलाई प्रोत्साहन गर्न कला प्रदर्शनी गर्न लागिएको एन्टाका अध्यक्ष विजय कुमार सिंहले जनाएका छन् ।

त्रेतायुगदेखि नै चलिआएका मिथिलाका कला/संस्कृति, मिथिलाञ्चल दुई देशमा विभाजित भए पनि अविभाजित रहेको अध्यक्ष सिंहले बताएका छन् ।

उनले मिथिलावासी संसारको जुनसुकै कुनामा भए पनि उनको मुटुमा मिथिला संस्कृतिको बसोबास रहेको जिकिर गरेका छन् ।

मधेशी संस्कृतिमा आधारित अमेरिका निबासी मधेशीहरुका संगठन एन्टाले मिथिला कलालाई संसारसँग पहिचान गराउन, त्यसका कलाकारहरुलाई प्रोत्साहन गर्न तथा देशको आम्दानीको रुपमा कलालाई विकसित गर्न हेतु यहि जून ३० तारिख शनिबार जनकपुरधामस्थित सिताशरण होटलमा एक भव्य मिथिला कला प्रदर्शिनी तथा प्रतियोगिताको आयोजना गर्ने सिंहले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.