हुलाकी न्युज, सप्तरी  । सप्तरी र सुनसरीको बीचमा रहेको सप्तकोशी नदीमा को १ क १०४३ नम्बरको जेसिबि डोजर बोकेको ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ। अन्य सात जना घाइते भएका छन।

पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ४ ख ३५६ नम्बरको ट्रक बुधबार दिउँसो सप्तकोशी नदी (कोशी ब्यारेज) को पुलमा ठोक्किएर नदीमा खसेको थियो।

मृत्यु हुनेमा डोजरका चालक सुनसरी वराह नगरपालिका-१ का बिनोद बराइली र ट्रक चालक सुनसरी रामधुनी नगरपालिका-१ झुम्काका घनश्याम चौधरी छन्।

दुर्घटनामा ९ जना घाइतेहरुको उद्दार गरी उपचारका लागी जिल्ला अस्पताल ईनरुवा पठाइएकोमा बराइली र चौधरीलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

त्यस्तै घाइतेहरुमा मोरङ टंकीसिवारी-३ का शुक्रराज लामा, सुन्दरहरैचा नगरपालिका-४ का कृष्ण चौधरी, झापा गौरादह-५ का सन्तोष अधिकारी, उदयपुर कटारी-६ का हरी मगर, सुनसरी बराह नगरपालिका ३ का मणिराज बि.क., मोरङ बिराटनगर-१२ का राज कुमार मण्डल, मकवानपुर-६ का आतिष सिंह प्रधान छन।

घाइतेहरुलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगरतर्फ ल्याइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.