हुलाकी न्यूज बीरगञ्जः जेठ २७ गतेबाट हराइरहेकी २२ वर्षीया नेहा कर्णको पुख्र्यौली घर महोत्तरी जिल्लाको मटिहानी हो। उनको परिवार बीरगञ्जमा बस्दा त्यहाँ पनि घर बनाएका छन्। तर पछिल्लो केही वर्षदेखि सबै परिवार भारतमा बस्दै आएको छ।

नेहा

बीरगञ्जको घर भाँडामा लगाइएको छ। उक्त घरको भाँडा उठाउन आमासहित नेहा बीरगञ्ज आएकी थिइन्। बीरगञ्जबाट फर्किने बेलादेखि नेहा परिवारको सम्पर्कमा छैन।

घटना के हो?

बीरगञ्जमा नेहाको घर नजिकै मोहम्मद फारुख उल्र्फ चान्द अलीको घर पनि छ। अली र नेहाको चिनजान लामो समयदेखि नै छ। अली बीरगञ्जस्थित त्रिवेणी ग्रुपमा काम गर्दै आएका छन्।

बीरगञ्जबाट फर्किने बेलामा अलीले नै नेहालाई रेल्बे स्टेशनसम्म छोड्न गएका थिए। जहाँबाट नेहा सम्पर्क विहिन भएकी थिइन्। अलीको फेसबुक टाइमलाइन चेक गर्दासमेत प्रेमको चक्कर रहेको बुझिन्छ।

अली

२७ गतेबाट नेहा सम्पर्क विहिन भएपछि २९ गतेबाट अलीले पनि आफ्नो कार्यालयबाट विदा लिएर सम्पर्क विहिन छन्।
रोचक कुरा के छ भने अलीले नेहाको परिवारजनलाई फोन गरेर छोरीसँग कुरा गराइदिने भन्दैछन्। एक पटक नेहाले पनि परिवारजनसँग कुरा गरेकी थिइन्। आफु अलीसँग विहे गर्ने बताएकी थिइन्।

अपहरणको आरोप

नेहाको परिवारजनले अलीले नै आफ्नो छोरीको अपहरण गरेको किटानी जाहिर प्रहरीमा दिएका छन्। बुधबार नेहा सम्पर्कमा नआएको ११ दिन वितेको छ। सोही अवसरमा केही नागरिक अगुवाले नेहाको अवस्था पता लगाउन दबाब स्वरुप बीरगञ्जमा प्रदर्शन गरेका छन्।

प्रहरी स्रोतका अनुसार नेहा र अलीको खोजी भइरहेको छ।

नेहाका नातेदार विजय कर्णले नेहाको अपहरण भएको दाबी गरे। हुलाकी न्यूजसँगको कुराकानीमा उनले नेहालाई डरत्रास देखाएर अलीले नियन्यत्रणमा राखेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.