हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय नेता राजेन्द्र महतोले अहिलेसम्म राजपाले संसदीय दलको नेता चयन गर्न नसक्नु लाजमर्दो कुरा भएको बताएका छन् ।

उनले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको सात महिनाभन्दा बढी समय बितिसक्दा पनि राजपाले संसदीय दलको नेता चयन गर्न नसक्नु लाजमर्दो भएको बताएका थिए ।

स्रोतका अनुसार महतोले राजनीतिक समितिको बैठकमा अध्यक्षमण्डलको अधिकार कटौती गरी राजनीतिक समितिलाई दिनुपर्ने सुझाव दिएका छन् ।

सोमबारदेखि सुरु भएको राजपाको राजनीतिक समितिको बैठकमा अध्यक्षमण्डलका नेता महतोले यस्तो सुझाव दिएका छन् ।

निर्वाचन आयोगले असार मसान्तसम्म महाधिवेशन गर्न आदेश दिएपछि बैठकमा यसबारे पनि छलफल भएको थियो ।

महतोले महाधिवेशनका लागि ६ महिनाको म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गर्नुपर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.