
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठक मंगलबार पनि जारी रहेको छ ।
पहिलो दिनको बैठकमा विषय प्रवेश गर्दै अध्यक्षमण्डलको अधिकार, सरकारमा सहभागिता लगायतका विषयमा प्रवेश मात्र भएको छ ।
राजनीतिक समितिको बैठकमा महाधिवेशन, संसदीय दलको नेता, संघीय सरकारलाई गरेको समर्थन लगायतका विषयमा छलफल हुँदैछ ।
यसैबीच निर्वाचन आयोगले महाधिवेशन गर्न पत्राचारसमेत गरिसकेको छ । आयोग पत्रबारे संयोजक महन्थ ठाकुरले बैठकमा जानकारी गराएको स्रोतको भनाई छ ।
यसैगरी, अहिलेसम्म संघीय संसदमा राजपाले आफ्नो संसदीय दलका नेता चयन गर्न सकेको छैन । त्यसबारे पनि छलफल हुनेछ ।



