
हुलाकी न्यूज, काठमाडौंः नेपाल सरकारले बजेट विनियोजन गर्दा मधेशलाई उपेक्षित गरेको भनी कांग्रेस नेता एवं सांसद डा.अमरेश सिंहले सरकारको आलोचना गरेका छन्।
सरकारले बजेटमा मधेशसँग विभेद गरेको तर्कहरु दिदै सोमबारको प्रतिनिधि सभा बैठकमा डा.सिंहले मधेशी दलले मधेशको काम गर्न नसके डा.सीके राउतले गर्ने चेतावनी दिए।
‘समाजिक न्याय प्रचण्ड जीले दिन सक्नु भएन, त्यसको जवाब विप्लब जीले दिनु हुन्छ।’ सत्तारुढ दलप्रति लक्षित पछि डा.सिंहले भने,‘मधेशी दलले मधेशको एजेण्डा उठाउनु भएन त्यसको जवाब सीके राउतले दिनेछ।’
हालैको बजेट विभेदकारी र कर्मकाण्डी मात्र भएको उनले दाबी गर्दै भने,‘के मधेशी नेपाली होइन, एउटा वर्ग विशेषलाई मात्र बजेट बाँड्ने?’
सन् १९९० भन्दा अगाडि मधेशका मानव विकास सुचांकको सबै इंडिकेटर अगाडि रहेको र त्यसपछि सरकार कै नीतिका कारण सबै इंडिकेटर पछाडि हुँदै गएको दाबी सिंहले गरे।
‘हुलाकी राजमार्ग अहिलेसम्म बन्न सकने तर मध्य पहाडी लोक मार्ग बन्यो। नयाँ मदन भण्डारी राजमार्ग पनि बन्दैछ तर हुलाकी बनेन्।’ सिंहल भने,‘मधेशी मन्त्रीहरु पनि मुनिम सरहका छन्। उनीहरुको मालिक अरु कोही छन्।’



