हुलाकी न्यूज, विराटनगरः
मुस्लिम धर्माम्बलीहरुको महान पर्व इदको अवसरमा सरकारले विदा नदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ।

मुस्लिम समुदायका अगुवाहरुको नेतृत्वमा निकालिएका जुलुसमा प्रधानमन्त्री ओलीको पुतला दहानसहित प्रदेश १ को सरकार विरुद्ध पनि नारावाजी भएको थियो।

स्थानीय पत्रकार टेकराज बन्जराका अनुसार विराटनगरको भन्सार क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको थियो । राष्ट्रबादी युवा समूहको अगुवाईमा विरोध ¥यालीसहित निकालिएको जुलुसले विराटनगर भन्सार क्षेत्रको दुई नम्बर गेटछेउमा प्रदर्शन गरेका थिए।

विराटनगरको वडा नम्बर १७ रानी चोकतर्फबाट निस्किएको समूहले प्रधानमन्त्री र सरकार बिरोधी नाराबाजी गर्दै पुतला गर्दा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो। सो क्रममा प्रर्दशनकारी र प्रहरीबीच घम्साघम्सी समेत परेको बन्जराले जनाएका छन्।

तस्बीर: नेपालटाइम्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.