हुलाकी न्यूज काठमाडौंः
बैदेशिक रोजगारको क्रममा कतारमा मृत्यु दण्ड पाएका अनिल चौधरीको जीवन रक्षाका संसदमा माग गरिएको छ।

सांसद दिल कुमारी साहले महोत्तरी औरहीका चौधरीलाई बचाउन सरकारसँग माग गरेकी छिन्।

चौधरीका बुबा श्याम चौधरी र उनका आमा विरामीसमेत परेको उनले जानकारी गराइन्।

चौधरीले मृत्यु दण्डको सजाय पाएर १२ महिनादेखि कतारको जेलमा रहेका छन्।

२० वर्षीय चौधरीमाथि एक जना कतारीको हत्या गरेको आरोप रहेको छ। उनलाई अदालतमा पुनराबेदन गर्ने मौकासमेत दिइएको छ। पैसा अभावको कारण उनको पुनराबेदन हुन नसकेको परिवारजनले जनाएको छ।

चौधरीका वुवा औरही वजारमै ठेलामा मुरही र कचरीलगायतका नास्ता सामग्री वेचेर गुजारा गर्दै आएका छन् । सानो पसलसमेत थापेका उनका वुवा ठेलामा मुरही वेच्दा आमा उक्त पसलमा बस्छिन । एकमात्र सन्तानलाई मृत्युको मुखबाट बचाउन आफुहरुले भ्याउनेसम्मको प्रयासहरु गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.