
हुलाकी न्यूज, काठमाडौंः काठमाडौंबाट मधेशीहरुलाई धपाउने काम भइरहेको भन्दै संसदमा आपत्ति जनाइएको छ।
आइतबारको प्रतिनिधि सभा बैठकमा संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले काठमाडौंमा फलफूल तथा तरकारी बेच्ने मधेशीहरुलाई धपाउने काम भइरहेको भन्दै आपत्ति जनाए।
यादवले गरीब मधेशीहरुले काठमाडौंमा साइकलमा स–सानो व्यापार गर्दा काठमाडौं महानगरपालिकाले धपाउने काम गरेको बताए। उनले २५ हजार त्यस्ता मधेशीहरुलाई महानगरपालिकाले दुःख दिइरहेको बताउँदै उनीहरुलाई व्यापार गर्ने व्यवस्था मिलाउन माग गरे।
‘हामी भन्छौं हिमाल पहाड तराई कोही छैन पराई तर अहिले काठमाडौं महानगरबाट २५ हजार मधेशियालाई भइरहेको छ खेदाई’ यादवले संसदमा भने,‘काठमाडौंका गली गलीमा तरकारी फलफूल पु¥याउने मधेशीहरुको अहिले साइकल जफत हुँदैछ। कारवाही हुँदैछ।’




[…] संसदमा प्रश्नः किन हुँदैछ काठमाडौंबा… […]