हुलाकी न्यूज कपिलवस्तुः
इस्लाम धर्माम्बलीहरुको महान पर्व इदको अवसरमा आयोजित कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।

कपिलबस्तुको मुस्लिम बाहुल्य क्षेत्रमा गैर आवासीय मधेशी संघ (एनआरएमए)ले आयोजना गरेको इफतारी कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेका थिए। तर स्थानीयबासीहरुले प्रतिवाद गर्दा शुक्रबार प्रहरी फिर्ता भएका थिए।

विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन एनआरएमएले आयोजना गरेको उक्त कार्यक्रममा मधेशी मुस्लिमको अवस्था तथा विदेशमा रहेका मधेशीहरुको विषयमा चर्चासमेत भएको थियो। कार्यक्रममा सहभागीहरुले एकआपसमा शुभकामना आदानप्रदानसमेत गरेका थिए।

इफ्तारको अवसरमा सामुहिक रुपमा विभिन्न परिकार बनाइ भोजको आयोजना गरिएको थियो।

कार्यक्रममा जासर यादव, भोपेन्द्र प्रसाद यादवm हकिकउल्ला खानलगायतले आतिथ्य गरेका थिए भने बुद्धि रामले कार्यक्रम सञ्चालन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.