
हुलाकी न्यूज, अबुधावीः विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)ले रमदानको अवसरमा इफ्तार कार्यक्रम सम्पन्न गरेको छ।
एनआरएमए दुबईले ममजार पार्कमा रोजा राख्नेहरुका लागि यस वर्ष पनि विशेष कार्यक्रमको आयोजना गरेको छ। यसअघि पनि रमदानका अवसरमा एनआएएमएले विशेष कार्यक्रमको आयोजना गरेको थियो।
इस्लाम धर्माम्बलिहरुको पवित्र रमजानका अवसरमा दुबईमा रहेका करिब एक सय मधेशीहरु कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रममा एनआरएमएका अन्तर्राष्ट्रि अध्यक्ष बशन्त कुशवाहाले रमदानको शुभकामना दिदै सम्पूर्ण मधेशीलाई एकीकृत भएर एकआपसमा सहयोग गर्न आग्रह गरे। मधेशको पहिचान, धार्मिक र सांस्कृतिक धरोहरलाई संरक्षण गर्ने काम पनि एनआरएमएको रहेको कुशवाहाले बताएका थिए।
यसैगरी वरिष्ठ सल्लाहकार डा.रविन्द्र यादवले पनि शुभकामना मन्त्वय राखेका थिए। नेपलीज मुस्लिम सोसाइटी यूएईका सल्लाहकार तनवीर आलम, अध्यक्ष फैसल हुसैन, प्रवक्ता शाह नवाजले पनि आ–आफ्नो विचार राखेका थिए।
‘गैर आवासीय मधेश सँघले मधेशका हरेक समुदायलाई जोड्ने काम गरेको छ। इफ्तारी कर्याक्रमको आयोजना गरेर मधेशका सबैको प्रतिनिधित्व संघले गरेको छ। प्रवक्ता शाह नवाजले भने,‘हामी मुस्लिमहरुको तर्फबाट सम्पूर्ण सहयोग र सदभाव रहेको छ।’
एनआरएमए दुबईका अध्यक्ष संजय कुमार कर्णले कार्यक्रममा सहभागी भएका सम्पूर्णलाई धन्यवाद दिदै भने,‘हाम्रो कार्यक्रम देखावटी होइन। हामी मधेशका सबै संस्कृति र पहिचानलाई जोगाएर राख्न चाहान्छौं र मधेशीबीचको एकतालाई थप बलियो बनाउन चाहान्छौं।’
गैर आवासीय मधेशी संघले विश्वभर रहेका मधेशीहरुलाई संगठित गरी मधेशको सांस्कृतिक, धार्मिक एव पहिचानका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।



