हुलाकी न्यूज, बीरगञ्ज २२ आश्विन । बीरगञ्जको रक्सौल नाका बन्द गरेर धर्ना बसेका मधेशी मोर्चाका कार्यकर्ताहरुलाई पहाडी युवती तथा महिलाहरुले पनि समर्थन गरेका छन् ।
शुक्रबार धर्ना स्थलमा पुगेर पहाडी युवतीहरुले नाकाबन्दीमा समर्थन जनाएको संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले हुलाकी न्यूजलाई बताए ।
यादवका अनुसार ती युवतीहरुले धर्ना स्थलमा बसेर आन्दोलनमा समर्थन रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।
पहाडी युवतीहरुले आफुहरु मधेशी महिलाको अधिकारका लागि प्रतिवद्ध रहेको बताउँदै गाउँघरबाट बाजासहित नाचगान गर्दै धर्ना स्थल पुगेका थिए ।
यता मधेशी मोर्चाले नाकाबन्दीलाई थप सशक्त पार्दै जाने निर्णय गरेको छ ।




jaymadhes
jay jnakpur uwa fors