हुलाकी न्यूज, काठमाडौंः
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग एकीकरण नहुने बताएका छन्।

विभिन्न सञ्चार माध्यममा फोरम र नेकपाबीच एकीकरणको तयारी भइरहेको समाचारप्रति लक्षित गरी यादवले नेकपासँग एकीकरणको कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन्।

यता नेकपाका नेताहरुले नै फोरम नेपाल सरकारमा सहभागी भएसँगै एकीकरणको तयारी भइरहेको बताउँदै आएका छन्।

विहीबार फोरम नेपालका अध्यक्ष यादवले प्रेस विज्ञप्ती जारी गर्दै पार्टीको निर्णयअनुसार विचार र सिद्धान्त मिल्नेसँग पार्टीसँग एकीकरण गर्न सकिने भएपनि नेकपासँग एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेका हुन्। नेकपाप्रति लक्षित गरी जनतलाई सुंयोजित ढंगले भ्रममा पार्न खोजिएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.