
हुलाकी न्यूज, जनकपुरधामः नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई बचाउन खोज्दा सांसद किशोरी साहमाथि हातपात भएको छ।
संसदीय दलका नेता मण्डलमाथि हातपात गर्न खोजेकी प्रदेश सभा सांसद मञ्जु यादवलाई रोक्न खोज्दा साहमाथि हातपात गरेकी हुन्।
सांसद यादव माधव नेपाल निकट नेताहरु सत्रुघन महतो र योगनारायण यादव गुटकी हुन् भने सांसद साह पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मण्डल गुटका हुन्। संसदीय दलको नेतामा हारे ब्यहोरोपछि महतो गुटले संसदीय दलका नेता मण्डललाई असहयोग गर्दै आएको देखिन्छ।
यसरी भयो घटना
नेकपाको संसदीय दलमा कम्युटर नभएपछि सांसद किशोरी साहले आफ्नो कामका लागि दुबईबाट मंगाएको ल्यापटप संसदीय दललाई उपलब्ध गराएका छन्। उक्त ल्यापटपमा सांसद साहकै सहयोगी पुरणले विनियोजित विधेयकमाथिको पार्टीको धारणाका विषयमा टाइप गर्दै थिए।
लगतै त्यहाँ पुगेकी सांसद यादवले आफै टाइप गर्ने भनेर ल्यापटप लिए। तर आधी घण्टासम्म थिचथाच गर्दासमेत सांसद यादवले ल्यापटप चलाउन नसकेको पुरुण बताउँछन्।
त्यसपछि संसदीय दलका नेता मण्डलले पुरणलाई नै टाइप गर्न आग्रह गरेका थिए। तर सांसद यादव ल्यापटप छोड्न तयार भएकी थिइनन्। नेता मण्डलले यादवमाथि ठूलो स्वरले कराएका थिए।
त्यसपछि मण्डल र यादवबीच विवाद सुरु भएको थियो। नेकपा कै अर्की सांसद सुनिता विश्वकर्माका अनुसार सांसद यादवले संसदीय दलका नेतालाई बेइजती गर्ने प्रयास गरेकी थिइन्। मण्डलमाथि हातपातका लागि कुर्सीबाट बारम्बार उठेर गएकी थिइन्।
अर्का सांसद सिता गुरुङ्गले पनि सांसद यादवलाई सम्झाउन खोज्दा अनी अनियन्त्रित भएको गुरुङ्गले बताइन्।
त्यसपछि सांसद साह कार्यलयमा पुगेका थिए। साहले सम्झाउन खोज्दा साहमाथि हातपात भएको गुरुङ्ग बताउँछिन्।
उनका अनुसार साहमाथि हातपात गरेर पुनः संसदीय दलका नेता मण्डलमाथि हातपातको प्रयास गरेपछि मण्डल र साह बाहिरिएका थिए।
के विवाद?
सांसद साह धनुषाबाट निर्वाचित छन्। उनी संसदीय दलका नेता मण्डलसँग निकट हुन्। नेकपा प्रदेश २ को सरकारमा सहभागी भए साह मन्त्री हुने पक्कापक्की रहेको छ।
विद्यालय व्यवस्थापन समितिको विवादमा दुई जनाको हत्याका आरोपित योगनारायण यादवकै क्षेत्रबाट साहले चुनाव जितेका छन्। साहलाई चुनावमा हराउन यादवले निकै प्रयास गरेपनि उनी विजयी भएका थिए।
त्यस बेलादेखि साह र योगनारायण यादवबीच विवाद जारी रहेको छ। महोत्तरीबाट समानुपातिक सांसद मञ्जु यादव योगनारायण यादव निकट हुन्।
आफुलाई अपमानित गराउने षड्यन्त्रअनुसार पार्टीभित्रकै विपक्षीले महिलालाई उक्साएको साहको आरोप छ। साहले पार्टी केन्द्र कमिटीसँग यादवमाथि कारवाहीको माग गरेका छन्।
यसैगरी नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका संसदीय दलका नेता मण्डलले पनि यादवमाथि कारवाहीको माग गरेका छन्।
यता सांसद यादवले आफुमाथि संसदीय दलका नेता मण्डलले अपशब्द प्रयोग गरेको र त्यसपछि सांसद साहले पनि दुव्र्यबहार गरेकोले एक थपर हानेको बताएकी छिन्।
तर उक्त विवाद सुल्झाउन खोजकी दुई जना सांसद सुनिता विश्वकर्मा र सिता गुरुङ्गले संसदीय दलका नेतामाथि हातपात गर्न खोज्दा सांसद साहले रोकेको बताउँछिन्। उनीहरुका अनुसार मण्डललाई कुट्न नसक्दा साहमाथि यादवले हातपान गरेकी हुन्।




Yo news lekhne byakti kasto ho type garne byakti ma xu puran daai hoina satya tathya bujhera news lekhnus hai