हुलाकी न्यूज काठमाडौंः
मधेशका मैथिली भाषीहरुको सांस्कृतिक एवं राजनीतिक विषय बस्तुमा आधारित दुईदिने कार्यक्रम ‘चनमा’ सम्पन्न भएको छ।

काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवन शनिबार नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादवले उद्घाटन गरेको कार्यक्रम आइतबार सम्पन्न भएको हो।

कार्यक्रमको पहिलो दिन विश्लेषक सीके लालको गोहारि, डा.सुरेन्द्र लाभ, डा.भोगेन्द्र झाको पातरि, गोसाउनी, अष्टदललगायतको सत्र चलेको थियो।

कार्यक्रमको दोस्रो दिन त्रिभुवन विश्वविद्यालय मैथिली विभागका पूर्व प्रमुख परमेश्वर कापडी र रमेश रंजन झा, धीरेन्द्र प्रेमर्षी, वरिष्ठ नाटककार महेन्द्र मलंगियालगायतको प्रस्तुती थियो।

कार्यक्रम प्रियंका झाको नाटक, गुरुदेव कामत, सुनलि मल्लिक, अंजु यादव, ललित कामत, सुभाष विरपुरियाले गीतसंगित प्रस्तुत गरेका थिए।

कार्यक्रममा डा.शम्भुनाथ झा, सुनील दास, माधवी कर्ण, ई.रविभूषण झा, अजित आजाद, प्रवीणनारायण चौधरी, वरिष्ठ पत्रकार धर्मेन्द्र झाको सत्रहरु राखिएको थियो।

कार्यक्रमको आयोजना मयुर फोसेट्स प्रा.लि र मिथिलाक अनुपम डेगले गरेको थियो।

मधेश–मैथिलीबीच विवादको प्रयास

कार्यक्रमको दोस्रो दिन राजनीतिकमा आधारित ‘वलि–प्रदान’ सत्र राखिएको थियो। उक्त कार्यक्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले–माओवादी)का नेताहरुलाई बहसका लागि बोलाइएको थियो।

जसमा नेपाली कांग्रेसका तर्फबाट प्रदिप गिरी र नेपाल कम्युनिष्ट पार्टीबाट रामचन्द्र झा थिए।

उक्त सत्रमा गिरीले मधेश र मिथिलाका विषयमा विवाद र्शिजना गर्न नखोजि समान्य कुराहरु राखेका थिए।

तर नेकपाका नेता झाले मञ्चबाट मैथिली भाषा बारे विवादस्पद अभिव्यक्ति मात्रै दिएनन् मधेशको कुनै भुगोल, इतिहास र राजनीति नरहेको दाबी समेत गरे।

उक्त मञ्चको फाइदा उठाउँदै झाले प्रदेश २ को नामाकंनसमेत गरे।

करिब एक घण्टाभन्दा बढी मन्त्वय राखेका झाले मैथिली भाषाको विकास र मानकका बारेमा समेत चर्चा गरेका थिए।

मैथिली भाषा ब्राम्हणहरुको भएको र यसमा कायस्तहरुको पनि केही देन रहेको बताएका थिए। उनले अन्य जातीहरुले मैथिली भाषाको मानक विगार्न खोजेको आरोप लगाएका थिए।

यसैगरी उनले मधेशको कुनै भुगोल, मधेशको कुनै इतिहास र कुनै राजनीतिक इतिहास नरहेको बताएका थिए।
त्यती मात्रै होइन झाले प्रदेश २ को नामाकंन बारे एमालेले प्रस्ताव गरेको मिथिला–भोजपुरा प्रदेश नाम राख्नु पर्ने तर्क गरे।

उनको प्रस्तुत मधेशीप्रति आक्रमक थियो। झा एमालेबाट माओवादी हुँदै नयाँ शक्ति पार्टी र नयाँ शक्ति पार्टी हुँदै माओवादी र हाल नेकपाका केन्द्रीय सदस्य हुन्। झालाई उनकै क्षेत्रमा मधेशवादी दलले चुनावमा पराजित गरेको हो।

त्यसअघिको दिन उद्घाटन सत्रमा पनि कार्यक्रम सञ्चालकलगायतका वक्ताहरुले मधेश र मैथिलीबीच विवाद र्शिजना गराउन खोजेका थिए।

‘मधेशवादीलाई नो इन्ट्री’

उक्त कार्यक्रमको उद्घाटन राष्ट्रपति डा.यादवले गर्ने र समापन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले गर्ने तयारी भएको थियो।

तर अन्तिम समयमा ठाकुरलाई समापन कार्यक्रमबाट हटाइयो।

समग्र कार्यक्रमको कुनै सत्रमा मधेशी दलका नेता वा मधेश आन्दोलनसँग जोडिएकाहरु विषय बस्तुहरु समावेश गरिएन। बरु मधेश र मिथिलाबीच विवाद गराउने अभिव्यक्तिहरु आए।

आयोजक समितिका ध्रुब कुमार झाले आफुले मधेशी नेताहरुलाई समेत बोलाएका दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.