हुलाकी न्यूज काठमाडौंः
मधेशका मैथिली भाषीहरुले सांस्कृतिक एवं समाजिक विषयहरुमा चर्चा गर्न काठमाडौंमा ‘चनमा’ कार्यक्रम गरिहेका छन्।

शनिबार उक्त कार्यक्रमको उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादवले गरेका छन्।

आइताबरसम्म चल्ने उक्त कार्यक्रममा मधेशको मैथिली भाषाहरुको सांस्कृतिक, एतिहासिक, धार्मिक एवं जीवनसँग जोडिएका विषयहरुमाथि चर्चा हुँदैछ।

विश्लेषक सीके लालसहित डा.विजयकुमार सिंहलगायतले आ–आफ्ना धारणा शनिबार राखेका छन्।

सांस्कृतिक प्रस्तुत तथा मैथिली क्षेत्रका अन्य विषयहरुमाथि आइतबारस्म्म छलफल हुनेछ।

कार्यक्रमको आयोजना मिथिलाक अनुपम डेग, मयुर फोसेट्स प्रा.लि.लगायतको सांस्थाले काठमाडौंस्थित कमलपोखरी नजिकैको अग्रवाल भवनमा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.