हुलाकी न्यूज लहान: मधेशी दलितहरुको सभाले एतिहासिक व्यत्तित्व सल्हेश र दिनाभद्रीलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै सार्वजनिक विदाका लागि दबाब दिएको छ।

सिरहा जिल्लाको लहानमा सम्पन्न दुईदिने प्रदेश २ स्तरीय दलित सभाले २२ बुँदे घोषणापत्रसमेत जारी गरेको छ। उक्त घोषणापत्रमा दलित सरोकारका विभिन्न विषयहरु उठाइएको छ।

विद्यालय तथा उच्चतहको पाठ्यक्रममा दलित विरोधी सवाल र सामाग्रीहरु रहेको भन्दै त्यसलाई हटाउन सभाले माग गरेको छ।

नेपालको शैक्षिक पाठ्यक्रममा दलितलाई तल्लो स्तरको देखाउने गरी सामाग्रीहरुले दलितमाथि थप पीडाहुने गरेको भन्दै त्यस्ता विषय बस्तुहरुलाई हटाउन दलित सभाले माग गरेको हो।

यसैगरी विभिन्न आन्दोलनमा मारिएका दलितहरुलाई सहिद घोषणा गर्न र शिक्षामा पहुँच दिन माग गरिएको छ। नेपालको संवधानले समानुपातिक समावेशीको ग्यारेन्टी गरेपनि कार्यन्वयन नभएको भन्दै तत्काल समानुपातिक समावेशी कार्यन्वयन गर्न माग गरिएको छ।

प्रदेश २ को हरेक निकायमा १८ प्रतिशत दलितको सभागिता हुने पर्ने घोषणापत्रमा जनाइएको भने मधेशका भूमिहिन दलितहरुलाई भूमिको व्यवस्था गर्न तथा आवास योजनालाई प्रभावकारी बनाउनमा गरिएको छ।

विभिन्न संस्थाको सहयोगमा दलित सरोकार मञ्चले आयोजना गरेको प्रदेश स्तरीय दल सभामा ८ जिल्लाका एक सभाभन्दा बढी दलित अगुवाहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको समापनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई उक्त घोषणापत्र बुझाइएको छ।

कार्यक्रममा दलित सम्बन्धी विभिन्न विषयहरुमा बहस भएको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.