
हुलाकी न्यूज काठमाडौंः अमेरिकामा रहेका मधेशीहरुको पहिलो संस्था ‘एशोसिएशन आफ नेपाली तराइयन इन अमेरिक’(एन्टा)ले मधेशी मेलाको आयोजना गर्दैछ।
अमेरिकामा रहेका मधेशीहरु सहभागी हुने उक्त मेला तीन दिनसम्म चल्ने एन्टाले जनाएको छ।
एन्टाका अध्यक्ष विजय कुमार सिंहका अनुसार ६ देखि ८ जुलाईसम्म टेक्स्समा मधेशी मेला हुनेछ। मेलामा मधेशका विषय तथा सांगाठनिक विषयमा पनि छलफल हुने छ।
डा.कौशल झा र डा.सुबोध मल्लिकलगायतले मेलाको तयारी गरिरहेको जनाइएको छ। कार्यक्रममा सहभागी हुन सबैलाई आग्रहसमेत गरिएको छ।



