
हुलाकी न्यूज काठमाडौंः मैथिली चलचित्र उद्योग स्थापना बारे काठमाडौंमा छलफल सुरु भएको छ। मधेश र विहारलगायतका क्षेत्रमा रहेका मैथिली भाषीहरुलाई लक्षित गरी उद्योग स्थापना गर्ने लक्ष्यसहित छलफल सुरु भएको हो।
शनिबार काठमाडौंमा चलचित्र तथा कला क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले मैथिली चलचित्र उद्योग बारे छलफल गरेका हुन्। छलफलको संयोजन राजकुमार महतोले गरेका थिए।

यता जातीय छुवाछूत र भेदभावमा आधारित मैथिली कथानक चलचित्र ‘औकातः ताकत प्रेम के’ प्रदर्शनका लागि तयार भएको छ। मधेशमा छायाँकन भएको मैथिली भाषाको चलचित्र औकातले मधेशको सामाजिक विषयवस्तुलाई उठान गरेको निर्माण पक्षले दावी गरेको छ।
शम्भुनाथ सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रले समाजमा ब्याप्त छुवाछूत विरुद्धको कथावस्तु समेटिएको चलचित्रका नायक सबुरलाल सरदारले बताए। नेपाल सेन्सर बोर्डले पनि मैथिली चलचित्र औकातलाई अनुमति दिइसकेको जानकारी समेत दिइएको छ।




