घाइते भएका स्थानिय                                                   

हुलाकी न्युज, धनुषा | शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र वडा नम्बर ८ का वडा अध्यक्ष तनुक लाल कुस्यैत लगायत ९, १० जनको समुहले बुधवार राती भोज खाएर फर्कने क्रम्मा स्थानियलाई कुटेका छन | मेयर बराबरिया र अध्यक्ष कुस्यैत ९, १० जनको समुहले स्थानीयहरुलाई निर्घाट कुटपिट गरेपछि सरोकारवालाहरुले घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

सशस्त्र प्रहरी बेस क्याम्प दुबरकोट हथलेटवाबाट भोज खाएर फर्कंदै गरेका मेयर बरबरिया सवार गाडीले रातिको समयमा शौचालय जान घरबाट निस्केका सर्वसाधारणलाई ठक्कर दिएपछि विवाद उत्पन्न भएको थियो । विवाद उत्पन्न भएपछी निर्घात कुटपितबाट राम देब साह, अमोद कुमार साह, राजेश यादव, जय कुमार साह, शान्ति देबि, पुनिता कुमारी, प्रमशिला देवीलगायत स्थानीयहरु घाईते भएको स्थानियले बताएका छन |

घाईतेहरुलाई जनकपुर अञ्चल अस्पतालमा उपचारपश्चात डिस्चार्ज गरिएको छ । घटना सम्बन्धमा मेयर बरबरियाले प्रतिक्रिया दिन मानेनन् ।

यता, घटना सम्बन्धमा प्रहरी प्रशासनलाई जानकारी गराए पनि मेयर र प्रहरी प्रशासनको मिलोमतोका कारण आफुहरू झन पिडित भएको भन्दै मानव अधिकारीकर्मी तथा सम्बिन्ध पक्ष समक्ष कारवाहीको लागि पुनिता कुमारीले मांग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.