हुलाकी न्युज, सिरहा । विहानको समय । पिपलको रुखमुनी विवाद बल्झिदै थियो । त्याहाँको अवस्था आक्रामक र गम्भीर हुनै लाग्दा प्रहरीले आचानक हस्तक्षेप गर्यो । विवाद गर्ने मुख्य पात्रलाई प्रहरी टोलिले समात्दै अर्को पक्षलाई सम्झाउन थाले ।
खासमा कुरा के हो भने विद्यालयवाट फर्किदै गरेकी एक किशोरीलाई गाउँकै एक युवाले जिस्काउने गरेका थिए । सधैं झै, आज पनि जिस्काउने क्रममा ती किशोरीका आमा र दाजु आईपुगेछ ।

उनीहरूले ती जिस्काउने युवालाई चूल्टो समातेर बाँसको फाटाले हिर्काउनै लाग्दा प्रहरीको हस्तक्षेप भयो ।
घटनास्थल ईलाका प्रहरी कार्यालय बिष्णुपुरदेखी २ किलोमिटर र जिल्ला प्रहरी कार्यालयदेखि ७ किलोमिटरको दुरीमा पर्छ । प्रहरी घटनास्थलमा पुगेको देखेर सवै चकित पर्छ ।
पिपल रुख छेउछाउ रहेका गाउँलेविच गाईगुई चल्न थाल्यो । उनीहरुविचमा ‘प्रहरी विवाद रोक्न समयै पुगेछ, समय फेरिएको हो कि !’
गाईगुईकै विचमा चारतिरैवाट जोरले ताली बज्छ ।…

बढ्दै गरेको बलात्कारका घटना रोक्न प्रहरीले अभियान थालेका छन् । अभियानलाई सहयोग गर्ने गरि ‘न्यायमा पँहुच’ परियोजनाले प्रस्तुत गरेको सडक नाटकको यो दृश्य हो । गाउँगाउँमा बलात्कार जस्तो गम्भीर अपराध रोक्न र यस्ता घटना हुन नदिने संदेश दिन सडक नाटक प्रस्तुत गरियो । सडक नाटकका पात्रहरुले बलात्कार र लागूऔषध सेवन गर्दा हुने कानुनी कारबाही जस्ता विषयमा चेतना जगाउने काम गरेका छन् । पहुँच परियोजना संयोजक अशोक कामतीले बढ्दै गरेको हिंसा र अपराध रोक्न र हुने कानुनी कारबाही वारे गाउँगाउँमा सचेतना जगाउने गरि सडक नाटक प्रस्तुत गरिएको बताए ।
लक्ष्मिपुरमा भएको सडक नाटकलाई उदघाटन गर्दै प्रहरी नायव उपरीक्षक राजन भेटवालले अपराध रोक्न प्रहरीले सक्रियता बढाईएको बताए । ‘बढ्दो महिला हिंसा, घरेलु हिंसा जस्ता समाजिक अपराध रोक्न प्रहरी सक्रिय भएको छ,’ भेटवालले भने, ‘प्रहरीलाई तत्कालै सूचना उपलब्ध गराई अपराधी उम्किन नदिने गरि सहकार्य गर्नुपर्छ ।’

सडक नाटकको अध्यक्षता गरेका बिष्णुपुर गाउँपालिका प्रमुख जागेश्वर यादवले समाजमा अपराधलाई ठाँउ दिन नहुने बताए । गाउँको समग्र विकासको लागि शान्तिपूर्ण वातावरण र हिंसा रहित समाज हुनुपर्ने भन्दै अध्यक्ष यादवले भने,’म तपाईं जनताको साथमा छु । सवै मिलेर हिंसा अन्त गर्नुपर्छ ।’
सडक नाटककै क्रममा महिला तथा बालबालिका सेलका प्रमुख प्रहरी निरीक्षक सान्ता वाइवाले कानुनी सजायको वारे जानकारी दिएकी थिएन । उक्त अवसरमा बिष्णुपुर गाउँपालिकाका विभिन्न वडाका निर्वाचित जनप्रतिनिधिको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.