हुलाकी न्यूज काठमाडौंः
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मधेशवादी दलका नेताहरुबीच भेटवार्ता भएको छ।

नेपालको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री मोदीसँग राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्यहरुसहित संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि भेटवार्ता गरेका छन्।

काठमाडौंस्थित होटल ह्यातमा राजनीतिक दलका नेताहरुसँग भेट्ने क्रममा मोदीले राजपाका संयोजक महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत्सिंह भण्डारी, अनिल झा र राजकिशोर यादवले भेटवार्ता गरेका हुन्।

समसामायिक राजनीतिक विषयमा छलफल भएको उनीहरुले प्रतिक्रिया दिएका छन्।

यसैगरी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि छुटै भेटवार्ता गरेका छन्।

पारस्परिक सहयोग र विकासका विषयमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको अध्यक्ष यादवले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिएका थिए।

The Prime Minister, Shri Narendra Modi meeting the former Foreign Affairs Minister of Nepal, Shri Upendra Yadav, in Kathmandu, in Nepal on May 12, 2018.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.