तस्बीरः डा.राउतको फेसबुक पेजबाट


हुलाकी न्यूज, जनकपुरधामः
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले ‘जय मधेश’को नाराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्न आह्वान गरेका छन्।

शुक्रबार जनकपुरधाम आउन लागेका प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दनका क्रममा बारह विगहा मैदानमा जय मधेशको नाराले स्वागत गर्न डा.राउतले आग्रह गरेका छन्। उनले मधेशको राष्ट्रगान बजाउन समेत आग्रह गरेका छन्।

उनले मधेशी सहिदको सम्मानमा जय मधेशको नारा लगाउन भनेका छन्। मोदीको नागरिक अभिनन्दनलाई सफल पार्न डा.राउतले आग्रह गरेका छन्।

यसैगरी केही स्थानमा गठबन्धनका कार्यकर्ताहरुले ‘हम मधेशी हैं आप के परोसी हैं, मोदीको स्वाग है’ जस्ता नारा लेखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.