हुलाकी न्यूज, काठमाडौं:
गएरातीको हावाहुरीबाट पीडितहरुलाई राहत उपलब्ध गराउन संघीय संसदमा माग भएको छ।

राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालका सांसदहरुले हावाहुरी पीडितहरुलाई राहत उपलब्ध गराउन माग गरेका हुन्।

गएराती आएको हावाहुरीका कारण प्रदेश दुईका अधिकांश जिल्लामा क्षति भएको छ।

सदनमा बोल्दै राजपाका सांसद राजकिशोर यादवले मधेशका जिल्लाहरुमा आएको आन्धीबेहरीले मानवीय, चौपाया तथा बालिनाली नष्ट भएको जानकारी गराउँदै राहत उपलब्ध गराउन माग गरे।

यादवले राहतका लागि सरकारको ध्यानाकर्षण गराउँदै प्राकृतिक विपद बारेको पूर्वानुमानमा सरकार कमजोर रहेको बताए। विपद बारे पूर्वानुमान गर्ने संयन्त्रलाई पनि सक्रिय बनाउन उनले माग गरे।

यसैगरी फोरम नेपालका सांसद उमाशंकर अरगरियाले पनि आन्धीबेहरीबाट मधेशमा ठूलो क्षति भएको भन्दै राहत उपलब्ध गराउन माग गरे।

धनुषाका केही स्थानमा निल गाई, श्याल र सुंगुरको नियन्त्रण गर्ने पक्षमा पनि सरकारको ध्यानाकष्र्ण गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.