काठमाडौँ/पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लाग्नुभएको नेपालको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी गराउनुभयो ।

उहाँले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसित भारतीय प्रधानमन्त्री मोदीको शिष्टाचार भेट हुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

सोही दिन प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आपसी हितका बिषयमा कुराकानी हुने र संयुक्त रुपमा उहाँहरुले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नुहुने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले ऐतिहासिक जनकपुर र मुक्तिनाथको भ्रमण गर्नुहुने तथा भारतीय प्रधानमन्त्रीलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दनसमेत गरिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा रामायण सर्किटको संयुक्त रुपमा समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीको तेस्रो नेपाल भ्रमणले दुबै देश बीचको सम्बन्धमा नयाँ आयम थप गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.