
हुलाकी न्यूज, काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको प्रथम स्थापना दिवसमा पार्टी छाडेर उपाध्यक्ष अशोक यादवको नेतृत्वमा गठन भएको राजपा ‘लोकतान्त्रिक’ नै विभाजित भएको छ।
राजपा ‘लोकतान्त्रिक’का संयोजक अशोक यादवलाई सह–संयोजक रितेश सिंहले कारवाही गरी हटाएर आफु संयोजक बनेका छन्।
बैशाख २२ गते जनकपुरधाममा बसेको राजपा लोकतान्त्रिकको तदर्थ समितिको बैठकबाट संयोजक यादवलाई हटाई आफुलाई जिम्मेबारी दिइएको सिंहले दावी गरे।
यता यादवले आफु आफ्नो पुरानो पार्टी नै चलाउने बताएका छन्। २०७३ सालमा स्थापना गरेको आम आदमी पार्टी नेपाललाई पुनः संचालन गर्ने यादवले बताए।
उनले भने,‘निर्वाचन आयोगमा दल दर्ता गर्न जाँदा राजपा लोकतान्त्रिक नाम राख्न पार्टीको ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य चाहिने भएकोले मैले त्यो पार्टी छोडे र पहिले नै दर्ता भएको आम आदमी पार्टी नेपाल चलाउने निर्णय गरेको छु।’



