अमर पासमान, हुलाकी न्युज, सिरहा । राजधानीमा पासवान सेवा समिति नेपाल नामक संस्था गठन गरिएका छन् । काठमाडौँमा बसेको बैठकमा पासवान समूदायको हकहित तथा देशबिदेशमा रहेका पासवान समूदायका लागि विभिन्न सामाजिक कार्यहरु गर्नका निमित्त संस्था गठन गरिएको छ ।
शनिवार भेनस स्कुल काठमाणडौमा मधेसी दलित सन्जालको अध्यक्ष नरेन्द्र पासवानको अध्यक्षतामा बसेको बैठकले १३ सदस्ययी तर्दथ समिति गठन गरिएको छ ।
समितिको अध्यक्षतामा किरण पासवान – सिरहा, उपाध्यक्षमा दुर्गा प्रसाद पासवान – सप्तरी, महासचिबमा राजेश्वर पासवान – सिरहा, सचिबमा सत्रुधन पासवान – सिरहा र कोषाध्यक्षमा गिता पासवान – रौटहटका रहेको छ भने सदस्यहरूमा राम असरय हजरा दुसाध – बारा, राजकुमार पासमान – धनुषा, रूप नारायण पासवान – बारा, मिना कुमारी पासवन –सप्तरी, चितर पासवान – सिरहा, दिपेन्द्र पासवान – धनुषा, घनश्याम पासवान – सिरहा र प्रेम पासवान – सिरहा रहेको छ ।



