अमर पासमान, हुलाकी न्युज, सिरहा । सिरहा सदरमुकामका विभिन्न सडक पानिका कारण अस्त्बेस्त बनेका छन् | बिहिवार भर राति पानि परेपछि सिरहा नगरपालिकाका विभिन्न सडकमा पानि जमेर आवतजावतमा समस्या भएको छ ।
मुख्य बजार संग जोडिएको १ नं वडा कार्यालय छेउमै रहेको २ नं सडक संग जोडिएको उक्त सडकमै पानि जमेर आवतजावतमा समस्या देखिएको छ ।सडक बनेको बर्षौ भैसक्दापनि अहिले सम्म नाला निर्माण नहुदा उक्त सडकमा पानि जमेपछि स्थानीय समस्यामा परेको छ ।

उक्त सडकबाट दैनिक सयौंको संख्यामा आवतजावत गर्ने गरेका छन् | पानि परेपछि सडकमै थन्किने गरेकोले र पानीको निकाश कहिँ नहुदा उक्त सडकबाट आवतजावतमा समस्या देखिएको हो ।

प्रतेक वर्ष यसरि पानि जमेको देखादा स्थानीय निरस बनेका छन् । स्थानीय भन्छन् पटक पटक नगरपालिकाका लाइ खबर र निबेदन दिदा समेत कुनै चासो नदिएको स्थानीय सोभित पासमानले बताएका छन् ।

त्यस्तै सिरहा नगरपालिका वडा नं ७ मा रहेको २ नं सडकका विभिन्न ठाउमा पानि जमेर हिड्न समेत समस्या रहेको सरोज यादवले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.