
हुलाकी न्यूज, काठमाडौं। संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समिति बैठकमा चुनावी समीक्षा हुँदैछ।
बुधबारबाट सुरु भएको बैठकमा नेताहरुले चुनावी परिणामबाट छलफल गर्दै छन्। काठमाडौंको शान्तिनगरस्थित ओम पार्टी प्यालेसमा चुनावी बैठक शुरु भएको हो।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष उपेन्द्र यादवले चुनावमा पार्टीले दुई नम्बर प्रदेशमा सम्मानजनक मत पाएको दाबी गरे। उनले पार्टीलाई राष्ट्रिय चरित्रको पार्टी बनाउने प्रयास गर्नुपर्ने प्रस्ताव राखेका छन्।
बैठकमा तीनवटा प्रतिवेदनसमेत प्रस्तुत हुनेछ।
तीनै तहको निर्वाचनपछि पहिलोपटक बसेको केन्द्रीय समितिमा निर्वाचन समीक्षाबाहेक, रिक्त पदाधिकारी मनोनयन, सरकारमा जाने या नजाने भन्ने बारेमा पनि छलफल हुनेछ।
फोरममा अहिले पनि केही पदाधिकारी रित्त रहेका छन्। केही नेताहरु एमालेमा प्रवेश गरेपछि उक्त स्थानहरु रित्त रहेको छ। त्यसैगरी नयाँ प्रवेशीलाई जिम्मेवारी दिने विषयमा छलफल हुने जनाइएको छ।
बैठक विहीबारसम्म चल्ने जनाइएको छ।



