अमर पासमान हुलाकी न्युज, सिरहा | अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको २५६२ औं जन्मजयन्ती मुलुकभर मनाइरहेको बेला वुद्धजयन्तीकै दिन सिरहाको लहान नगरपालिका १७ ढोढना स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं हजार पशुपंक्षीको बली दिने गरेको छ ।
राजदेवी मन्दिरमा मातालाई भाकल पुरा हुने, रोग ब्याधी र मनोकांक्षा पुरा हुने जन विश्वास रहेको छ । यो मन्दिरमा भाकल पुरा भएपछि बली चढाउन र मेला हेर्न राजदेवी मन्दिरमा सिरहा, सप्तरी, सुनसरी, उदयपुर, धनुषा र भारतको विभिन्न ठाउँबाट भक्तजनहरुको भिड लाग्ने गर्छन ।
सोमबार विहानै देखि पानि परि रहेको अवस्थामा पनि बली चढाउन र मन्दिरमा दर्शन गर्न लहान मुख्य बजार देखि मन्दिर सम्म ठुलो श्रद्धालुहरुको भिड लागेको आयोजक समितिले बताएका छन् । सिरहाको लहान बजार देखि करिब १० किलोमिटर उत्तरमा पर्ने ढोढना स्थित राजदेवी पञ्चावती मन्दिर अवस्थित रहेको छ । राजदेवी पञ्चावती मन्दिर १ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको जङ्गलमा रहेको छ । उक्त मन्दिरमा बर्षेनी भाकल गर्नेहरुको संख्या बढ्दै गरिरहेको छ ।



