हुलाकी न्युज, काठमाडौँ । गैर आवासीय मधेशी संघ (NRMA) कतारको आयोजनामा बैशाख ७ गते शुक्रबार नया वर्ष, सतुवाइन, जुडशितल, सिरुवा पर्वको अवसरमा शुभकामना आदान प्रदान समारोह सम्पन्न भएको छ ।“प्रदेशमा मधेशीको साथी” गैर आवासीय मधेशी संघ, मधेशका पहिचान संस्कृति संरक्षणका लागि सबै मधेशीलाइ संगठित गरेर प्रदेश र मधेशमा समस्या समाधान प्रति सदैब सजग र तत्पर रहनेछन् ।
नव बर्ष शुभकामना आदान प्रदान समारोह कार्यक्रमको सुरुवात पुर्व अध्यक्ष तथा बरिष्ठ सल्लाहकार श्री सूर्यनारायण यादव र अध्यक्ष श्री सम्भुनाथ साह द्वारा दीप प्रज्वलन गरी सुरुवात गरेका थिए । कतारको प्रायः सबै ठाउँबाट मधेशीहरू भारी संख्यामा समारोहमा सहभागी भएका थिए । कार्यक्रमको उदघोषण दिवाकर झाले गर्दै मुगल, अङ्ग्रेज, गोरखाली शासकहरू बाट मधेशको पहिचान, संस्कृति संरक्षण गर्न र मधेशी हरूको हक अधिकार सुरक्षित गर्नका लागि सहादत प्राप्त गरेका सबै शहिदहरु प्रति १ मिनटको मौन धारण गरिएको थियो ।
कार्यक्रममा संस्कृति गितसंगितहरु संगै अन्तरक्रियामा कार्यक्रम समेत गरिएको थियो जसमा रामजनम शर्मा, उपाध्यक्ष शिवकुमार पाल, सल्लाहकार मोहरम नदाफ, उपाध्यक्ष जगत लाल मन्डल, मुकेश सिंह, तेजीलाल मन्डल, रामहृदय यादव, गौतम शर्मा, प्रमोद कुमार मन्डल, असगर अली, पन्चलाल मधेशी, रामसुबन यादव, संतोष साहले शुभकामना मन्तब्य दिएँका थिए । सतुवाइन, जुडशितल, सिरुवा, विक्रम संवत्, सलहेस फूलबारी मेला, लोकनायक राजा जयवर्धन सलहेस तथा मधेशका पहिचान, संस्कृति, समस्या र समाधानका बरेमा आआफ्नो बिचार प्रस्तुत गरेका छन् ।
गैर आवासीय मधेशी संघ कतार क्रीकेट टिमका कप्तान श्री दिपेन्द्र कुमार यादवले क्रीकेट टिमका बारेमा बताए र कतारको अल खोरमा भइरहेको वर्कर्स कप क्रिकेटमा सेमि फाइनल सम पुगीसकेको र यसको सेमि फाइनल र फाइनल खेल २६ अप्रैलको हुने छ भने जानकारी गराएका छन् । प्रमुख सल्लाहकार श्री सूर्यनारायण यादव, अध्यक्ष श्री सम्भुनाथ साह, कोषाध्यक्ष श्री सरोज प्रसाद साह, सचिव श्री जितेन्द्र कुमार महतो, सह प्रवक्ता श्री अमिरी साहले संगठनको अवस्था, उदेश्य, कार्यनीति, संगठनको विस्तार र नया कार्य योजना आदिको विस्तृत जानकारी गराएका थिए ।

कार्यक्रमलाइ मनोरञ्जनात्मक तथा उत्साहित बनाउनका लागी जयप्रकाश मधेशी, धिरेन्द्र कुमार राम र श्याम साहले कविता सुनाए थिए यसै गरि देव कुमार महरा, अरुण कुमार सिंह, बिवेक राउत र प्यारेलाल मधेशीले गितसंगितहरु सुनाउनुभयो । तयस्तै विनयकुमार यादवले डिजे साउन्ड सिस्टम सम्हाले र मनोरञ्जनात्मक बनाएका थिए ।
प्यारेलाल मधेशी र विजय कुमार मन्डलले जुडशितल र जनचेतना जगाउने खालका हास्य व्यंग्य नाटक मञ्चन गर्नु भयो । कतारको कार्यकाल पूरा गरी मधेश फर्कन लागेका जयप्रकाश मधेशीको सम्मान र विदाइ गरेका थिए साथै आजिबन सदस्यता लिएका थुप्रै नया सदस्यहरुलाइ प्रसंसा पत्र प्रदान गरीयो। गैर आवासीय मधेशी संघ (NRMA) कतारको अध्यक्ष श्री सम्भुनाथ साहको अध्यक्षतामा समारोह सम्पन्न भएको थियो ।




