हुलाकी न्यूज, काठमाडौंः
नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा मधेशी गठबन्धनले संयुक्त उम्मेदवार खडा गरेको छ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) निकट पत्रकार संगठनहरुले सिटको भागबण्डा गर्दै सम्पूर्ण प्रदेशहरुमा संयुक्त उम्मेदवार खडा गरेपछि मधेशी पत्रकारसँग सम्बन्धित संगठनहरुले प्रदेश २ मा मधेशी पत्रकार गठबन्धन बनाएको हो।

उक्त गठबन्धनमा मधेशी पत्रकारहरुको छाता संगठन मधेशी पत्रकार संघ, मधेशी पत्रकार समाज नेपाल, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल निकट प्रेस मञ्च, नेपाल र मधेश मिडिया मिसनले मधेशी पत्रकार गठबन्धन बनाउँदै संयुक्त उम्मेदवार खडा गरेको हो।

गठबन्धनको संयुक्त उम्मेदवारमा अध्यक्षमा वीरेन्द्र रमण(धनुषा), उपाध्यक्षमा गणेश साह (सिरहा), महिला उपाध्यक्षमा दिपिका साह (महोत्तरी) र महासचिवमा रमानन्द गुप्ता (सिरहा) रहेका छन्।

यसैगरी सचिवमा वीरेन्द्र यादव (सिरहा), समावेशी सचिवमा अनिल पोख्रेल(सप्तरी), कोषाध्यक्षमा हेमशंकर सिंह (सप्तरी) रहेका छन्। सदस्यहरुमा प्रमोद साह(धनुषा), दिपक कर्ण(समावेशी/धनुषा), शैलेन्द्र झा (खुल्ला/बारा ) छन्।

यसअघि चारवटै संगठनले संयुक्त प्रेस विज्ञप्ती जारी गरि उम्मेदवारी दिने घोषणा गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.