हुलाकी न्युज, सिरहा । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ८ औं राष्ट्रिय ललितकला प्रदर्शनी विषेश समारोहमा विभिन्न क्षेत्रीय, प्रादेशिक र विधागत कलामा योगदान गरेकाहरुलाई पुरस्कृत गरियो । समारोहमा लोक कलामा योगदान पु¥याएकी सुनैना ठाकुर नगदसहित ताम्रपत्रले पुरस्कृत भइन् ।

आधुनिक चित्रकला तर्फ संगी श्रेष्ठ, परम्परागत चित्रकलातर्फ रितेश शाही, आधुनिक मूर्तिकलातर्फ लय मैनाली, परम्परागत मूर्तिकलातर्फ महेश शाक्य, हस्कलातर्फ तीर्थमान स्थापित अन्य सृजनात्मक कलातर्फ भरत राई पुरस्कृत भए । पुरस्कारमा जनही ६० हजार र ताम्रपत्र थियो ।

संस्कृति एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीले उक्त पुरस्कार प्रदान गरे ।
‘यो पुरस्कारले मलाई ज्यादै खुशी थपेको छ । अझ सक्रिय भएर काम गर्ने हौसला मिलेको छ,’ उनले छोटो प्रतिकृया दिँदै भनिन्,‘घरका सदस्यहरु र बाहिरका शुभचिन्तकहरुको सहयोगले यो ठाउँसम्म पुगेको छु । यसलाई कहिल्यै बिर्सने छैन् ।’ सहयोगसँगै निरन्तरको लगनशिलताले खुशीको दिन जुराएको उनले थपिन् ।

लोक कलाक्षेत्रलाई आधार बनाएर तराई मधेशको पहिचान झल्याउन गर्दै आएको योगदान स्वरुप उनले यस अघि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अन्य पुरस्कार पाइसकेकी थिइन् । ‘लोक कलालाई संरक्षण गरियो भने ग्रामिण भेगको पहिचान बढ्नुका साथै आत्मनिर्भरता पनि बढाउनेछन्,’ उनले भनिन्,‘लोककलासँग सम्बन्धित अझ नौलो कुराहरु बाहिर ल्याउनेछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.