हुलाकी न्युज, सिरहा । प्रधानमन्त्री केपि शर्मा ओलि, शिक्षा मन्त्री गिरिराज पोखरेल र मुख्यमन्त्री लालबाबु राउतले डोम र खत्वे समुदायका ४ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छ्न् ।

लामो समयपछि पहिलो पटक सिरहा आएका प्रधानमन्त्री ओलिले सिरहाको लागि विशेष प्याकेज घोषणा गर्न सकेनन् ।
देशलाई विकासको वाटोमा डोड्याएर आर्थिक समृद्धि हासिल गरे नारा घन्कयाए ।
कार्यक्रम सिरहाको कल्याणपुर नगरपालिका ११ मा रहेको रामदुलारी माध्यमिक विद्यालयमा आयोजित नयाँ वर्ष २०७५ सालको नयाँ भर्ना कार्यक्रम भएको थियो । प्रधानमन्त्री ओलिलाई आयोजकको तर्फवाट युवा संघका अध्यक्ष बैजनाथ साह र कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले मायाको चिनो प्रदान गरेका थिए ।
एमाले सिरहा अध्यक्ष एवं साँसद प्रमोद यादवले शुभकामना मनत्वय व्यक्त गरेका थिए । शिक्षामन्त्री गिरिराज मणि पोखरेल र मुख्यमन्त्री लालाबाब राउतले आफ्ना भनाई राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.