अमर पासमान, हुलाकी न्युज, सिरहा । सिरहा सदरमुकाममा गएराती मुख्य ब्यस्त बजारको तीन पसलमा लाखौंको चोरी भएको छ । सिरहा नगरपालिकामा रहेको वडा प्रहारी कार्यालय अगाडि रहेको तीन पसलमा गएराती चोरी भएपछि स्थानीय प्रहरीमाथि शंका गर्न थालेका छन् ।
 
वडा प्रहरी अगाडि रहेको साइकल पसल, मोबाइल पसल र एक किराना पसलमा चोरी भएको हो । तीन ओटै पसलको ताल्चा फुटाएर चोरी भएको छ । साइकल दुकानबाट गरगहना र नगद सहित पाँच लाखको चोरी भएको पसले सत्यनारायण यादवले बताएका छन । त्यस्तै मोबाइल पसलबाट एकथान ल्यापटप र मोबाइलहरु चोरी भएको पसले बिबेक यादवले बताए । त्यस्तै किरना पसलबाट रिचार्ज काड, पसलको केहि सरसामानहरु र पैसा समेत चोरी भएको पसलेले बताएका छन् ।
 
वडा प्रहरी अगाडि यसरी चोरी भएपछी स्थानीयले भने प्रहरीकै मिलेमतोमा चोरी भएको शंका गरिएको छ । यसरि एकै रातीमा तीन पसलमा चोरी भएपछी जिल्ला प्रहरी कार्यालयबाट खटीएको टोली अनुसार घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.