
हुलाकी न्यूज, काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवको भारतको राजधानी दिल्ली उपचार हुँदैछ।
दिल्लीस्थित मेदान्त हस्पिटलमा दुबै अध्यक्ष उपचारका लागि भर्ना भएका हुन्।
यादव सोमबार दिउँसो दिल्ली पुगेका हुन् भने ठाकुर मंगलबार दिउँसो।
दुबै नेताको मुटुमा पेसमेकर लाएको छ। दुबै नेताले लामो समयदेखि एउटै अस्पतालमा उपचार गराउँदै आएका छन्।
ठाकुरलाई करिब आठ वर्ष पहिले पेसमेकर लगाइएको हो। उनी नियमित उपचारका लागि दिल्ली जाने गरेका छन्।
बुधबारबाट तीन दिनका लागि उनी अस्पतालमा भर्ना भएको ठाकुरको निजी सचिव सतेन्द्र मिश्रले बताए।
यसैगरी यादव पनि नियमित चेकअपका लागि प्रत्येक महिना दिल्ली जाने गरका छन्। यादव चार दिनसम्म अस्पतालमा रहनेछन्।
दुबै अध्यक्ष बैशाख दुई गते काठमाडौं फर्किने छन्। काठमाडौं फर्केपछि बैशाख ८ गते राजपाको राजनीतिक समितिको बैठक राखिएको छ। उक्त बैठकले पार्टीको महाधिवेशन लागयतका विषयमा निर्णय लिनेछ।



