हुलाकी न्यूज, काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले टीकापुर घटनाका आरोपित सांसद रेश्म चौधरीलाई प्रमाणपत्र उपलब्ध गराउन तथा शपथ ग्रहणको व्यवस्था मिलाउन माग गरेको छ।

सिंहदरबारमा विहीबार बसेको राजपाको संसदीय दलको बैठकले सांसद चौधरीलाई शपथ ग्रहण गराउने व्यवस्था मिलाउन सरकारलाई दबाब निर्णय भएको छ।

संसदीय दलकै बैठकबाट संसदीय दलको विधान निर्माणको जिम्मेबारी पार्टीका सहध्यक्ष लक्ष्मण लाल कर्णलाई दिएको छ।

कर्णले केही दिनभित्रै विधान उपलब्ध गराएपछि राजपाको संसदीय दलको निर्वाचन हुनेछ । विधान नहुँदा हालसम्म राजपाले संसदीय दलको नेता चयत गर्न सकेको छैन।

हालै मधेशका जिल्लाहरुमा असिना(पथर) पानीका कारण क्षती भएको तथ्यांक संकलन गरी राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।

असिनाबाट मधेशका जिल्लाहरुमा किसानको बाली नष्ट हुनुका साथै घरमासमेत क्षति भएकाले राहत उपलब्ध गराउन माग गरिएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.