हुलाकी न्युज, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरी रंगेहात घुससहित पक्राउ परेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयवाट खटिएका टोलिले कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरीलाई डिएसपी ठाकुर पोखरेलको टोलिले २० हजार घुस सहित रंगेहात पक्राउ गरेको छ ।
अख्तियार टोलीका अनुसार नायव सुब्बा पदमा कार्यरत लेखापाल चौधरीले कार्यालयको सामग्री मर्मतको बिल भुक्तानीमा घुस लिदै गर्दा चौधरी रंगेहात पक्राउ परेको टोलिले जनाएको छ । पक्राउ परेका चौधरीलाई रकम सहित थप अनुसन्धानको लागि बर्दिवास लगिएको छ ।



